देशैभर ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त

वीरगञ्ज, ३० बैशाख । गएको २४ घण्टामा देशैभर ५ हजार ५५ जना कोरोना संक्रमित निको भएका छन् ।

यो सँगै देशैभरका विभिन्न अस्पतालबाट कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा १ लाख ५ हजार २ सय ७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  सोही अवधिमा ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।

१९ हजार ४ सय ७४ जनाको पीसीआर र ७ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ९ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।

error: Content is protected !!