आईसिपीमा सास्ती खेप्दै आयातकर्ता

वीरगंज । नेपाल भारत बीचको व्यापार सहज हुने उदेश्यका साथ संचालनमा आएको आईसिपीबाट आयात निर्यातकर्ताले रक्सौल र बीरगन्ज भंसारको तुल्नामा आइसिपी बढी खर्चिलो तथा झण्झटिलो भएको गुनासो गरेका छन ।

अहिले ८० प्रतिशत काग्रो तथा राजश्वको हिसाबले ४० प्रतिशत सम्म संचालनमा आएको आइसिपीबाट निष्कन एउटा गाडीलाई हप्तौ लागने गरेको छ । आइसिपीको रक्सौल तर्फको भागमा ढिलासुस्ती तथा प्रकृयालाई अनावश्यक रुपमा झण्झटिलो बनाइएको हुदा एउटा गाडी नेपाल तर्फ आउन ५ देखी ७ दिन सम्म लाग्ने गरेको छ ।

बढी समस्या भारतिय पक्षमै रहेको छ । नेपाल प्रवेश पछि २४ घण्टा भित्रै गाडीहरु निस्कने गरेका छन् । दुवैतिरको आईसीपीमा इन्ट्री फिस र तौलको भुगतानी मै २ हजार ४ सय सम्म लाग्ने गरेको छ । पुरानै नाका बाट यो खर्च लाग्थिएन् । एउटै गाडी दुबै तिर तौल गरिने प्रावधानले बढी समय लाग्ने गरेको छ ।

त्यसमापनि तौल गर्न आवश्यक नरहेको एमआरपी तथा संख्याको अधारमा जांच पास हुने समान भएको गाडीलाई जबर्जस्ती तौल गरिने गरिएको छ । आइसिपी संचालनले आयात निर्यात सहज हुनुका साथै गाडी भाडा, विल्मब शुल्क लगायतका समस्या समाधान हुने अपेक्षा गरेका आयातकर्ता सास्ती नै खेप्नु परेको वीरगंज उद्योग वाणीज्य संघका पुर्व अध्यक्ष प्रदिप केडीयाको गुनासो छ ।

आइसिपी संचालनको जिम्मेवारी लिएको नेपाल इन्टर मोडेल यातायात विकाश समितीले आइसिपी परिसरको व्यवस्थापनमा आवश्यक खर्च संकलन उदेश्यले नै इन्ट्री तथा तौलको रकम लिने गरेको दाबी गरेको छ । बढि समय लाग्ने लगायतका अन्य समस्याहरु समाधानको लागि भारतिय पक्ष संग समन्यवय भइरहेको नेपाल इन्टर मोडेल यातायात विकाश समितीका प्रमुख हेमेन्द्र मोहन शाहीको भनाई छ ।

आसिपीबाट अहिले दैनिक ५ सय देखी ६ सय सम्म मालवाहक गाडीहरु प्रवेश गर्ने गरेका छन् । आईसीपीमा छ वटा गेट भए पनि हाल एउटा गेट मात्र प्रयोगमा ल्याएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ र वीरगन्ज भन्सार एजेन्ट संघका प्रतिनिधिले समस्या समाधानका लागि सरोकारवाला निकायको पटक पटक ध्यानाकर्षण गराएका छन्  तर अवस्था जस्ताको त्यस्तै रहेको वीरगंज उद्योग वाणीज्य संघका पुर्व अध्यक्ष प्रदिप केडीयाले बताए  ।

अर्बोको लगानीमा निर्माण भएको आईसिपी संचालनमा आएपनि आयातकर्ताले सास्ती नै खेपनु परेको छ । तस्र्थ बहुआयामिक आईसिपी व्यवस्थापनकालागि सरोकारवाला जिम्मेवार बन्न आवश्यक छ ।

error: Content is protected !!