पर्साको बहुदरमाईबाट ७० केजी गाँजा बरामद

वीरगञ्ज,२७ वैशाख । पर्साको बहुदरमाई नगरपालीकाबाट प्रहरीले ७० केजी ४ सय ८० ग्राम गाँजा बरामद गरेको छ ।

बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुर निवासी ४५ वर्षीय सोती कलवारले लागु औषध गाँजाको कारोवार गर्ने गरेको सूचनाको आधारमा खटिएको प्रहरीले उक्त परिमाण बराबरको गाँजा बरामद गरेको हो ।

आइतवार अपरान्ह गस्तिमा गएको प्रहरीलाई देख्नेबित्तिकै मोटरसाइकल चढेर कलवार फरार भएको हुँदा निजको खोजी जारी राखिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।

कलवारको घरमा खानतलासी गर्ने क्रममा उनि सुत्ने कोठाको खाटमुनि लुकाई छिपाई राखिएको ४ वटा बाल्टिनभित्र १६ वटा पोकामा गाँजा बरामद भएको खनालले बताए ।

कलवारविरुद्ध लागुऔषध गाँजा सम्बन्धि कसूरमा मुद्धा दर्ता गरी आवश्यक् अनुसन्धान अघि बढाइएको र कलवारको खोजी तिव्र रुपमा भइरहेको खनालको भनाई छ ।

error: Content is protected !!