लागुऔषध चरेश सहित एकजना पक्राउ

वीरगंज २० बैशाख । पर्सा प्रहरीले लागु औषध चरेस सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउपालिका वडा नं ५ निचुटा बस्ने वर्ष ३७ को लक्ष्मी राउत रहेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीबाट खटेको प्रहरी टोलीले राउतलाई २ किलो ९ सय ग्राम लागुऔषध चरेश सहित पक्राउ गरेको हो ।

राउतलाई उनको घरबाटै लागु औषध चरेस सहित नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए।

अवैध लागुऔषध चरेस सहित पक्राउ परेका राउतलाई लागु औषध सम्बन्धी कसुरमा मुद्दा चलाउने पर्सा प्रहरीले जानएको छ ।

error: Content is protected !!