कर्णमाथी कुटपिट भएको छैन, कागजपत्र हेरी बाईक र्फिता पठाईएको पर्सा प्रहरीको प्रस्टोक्ती

वीरगंज,१८ वैशाख । आज बिहान देखी समाजिक सञ्जालमा भाईरल भएको अजय कर्णको भिडियो प्रति हाम्रो ध्यानाकर्षण भ एको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले एउटा विज्ञप्ति जारी गर्दै वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी अजय कर्णले अस्पताल जाने क्रममा पावरहाउस चौकमा खटिएका सुरक्षाकर्मीले अनावश्यक दुख दिएको भनि एउटा भिडियो समाजिक सञ्जालमा शेयर गरेको विषयमा प्रस्टोक्ती दिएको हो ।

सो बिषयमा पर्सा जिल्लामा मिति २०७८।०१।१६ गते देखि मिति २०७८।०१।२२ गते सम्म जारी भएको निषेधाज्ञालाई कार्यान्वयन गर्न गराउन यस कार्यालयबाट विभिन्न स्थानमा खटीएका चेक प्वाईन्ट ड्यूटीहरुले निषेधाज्ञा उल्लङघन गर्ने सवारी साधन नियन्त्रणमा लिने कारबाही गरिरहेको, सोही क्रममा आज विहान ९ बजेको समयमा निज अजय कर्णको ना.३५ प.९३६० नम्बरको मोटरसाईकल पावरहाउस चोकमा रोकीएको र उक्त मोटरसाइकलको कागजपत्र हेरी आजै १० बजे छोडिएको तथा ११ बजे निजको बच्चा तराई हस्पिटलबाट डिस्चार्ज भईगएको साथै निज अजय कर्ण माथि कुटपिट तथा अन्य कुनै दुर्व्यवहार प्रहरीबाट नभएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले दावी गर्नु भयो ।

साथै, निषेधाज्ञा पालना गर्ने गराउने क्रममा अत्यावश्यक सेवा, जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको पास रहेका र स्वास्थ्य वा अन्य कारणले जरूरी भई आवात जावत गर्नुपर्ने मानिस तथा निजहरुको सवारी साधनलाई सहज रुपमा आउजाऊ गर्न दिइएको व्यहोरा समेत जानकारी गराइन्छ पर्सा प्रहरीले जारी गरेको विज्ञप्तिमा जनाईएको छ।

error: Content is protected !!