भेन्टीलेटर र स्वास्थ्य उपकरण खरिदका लागि सांसद यादव र श्रीवास्तवद्वारा महानगरलाई ५८ लाख सहयोग

वीरगन्ज,१८ बैशाख – पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादव र क्षेत्र न.२ का सांसद विमल श्रीवास्तवले संयुक्तरुपमा कोभिड–१९ को रोकथाम र उपचारको लागि भेन्टिलेटर किन्न र आईसोलेसनमा लागने स्वास्थ्य समाग्रीका लागी ५८ लाख ८ हजार रकमको सहयोग गरेका छन् ।

बुधवार नै जिल्ला समन्वय समिति पर्साको कार्यकक्षमा बसेको बैठकमा बिभिन्न योजना अन्तर्गतको विनियोजित बजेट कट्टा गरी अहिले स्थानीयवासीको जिवन रक्षा र कोविड महामारीको प्रकोप रोकथामको बिषयमा गहन छलफल भएको थियो ।

छलफलमा निर्वाचन क्षेत्र नं. १ र २ को संसदिय विकास कोषबाट संचालित स्थानिय पूर्वधार विकास साझेदारी कार्यक्रमको रकम कोभिड १९ नियन्त्रणमा प्रयोग गर्ने निर्णय गरिएको छ ।

साथै संसदिय निर्वाचन क्षेत्र नं. १ र २ को योजनाहरुको ५८ लाख ८ हजार रुपैया वीरगन्ज महानगरपालिकालाई भेन्टीलेटर र स्वास्थ्य उपकरण खरिदका लागी दिने निर्णय वैठकले गरेको छ ।

सरकारको निति अनुसार स्थानिय तहमा योजनाको रकम रकमान्तर गरी विकास कार्यमा लगाउँन सकिने भएको हुँदा सो रकम कोरोना महामारी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकालाई दिने निर्णय गरिएको सांसद प्रदिप यादवले बताउनु भयो ।

बैठकबाट निर्वाचन क्षेत्र नं. १ र २ अन्तर्गत पर्ने स्थानिय तह वीरगन्ज महानगरपालिकालाई परिपत्र गरी सो वारे जानकारी गराउँने निर्णय गरिएको पर्सा निर्वाच क्षेत्र नं. १ का संघिय सांसद यादवले बताउनु भएको छ ।

उनले चाडै खरिद प्रक्रिया पुरा गरी जनताको सेवामा लाग्न वीरगन्ज महानगरपालिकालाई अनुरोध गरेका छन् । वीरगन्ज महानगरपालिकाले कोरोना नियन्त्रणको लागि यो रकमले थप कार्य गर्न सहज हुने भएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अहोरात्र खट्दै आएका सांसद यादवको संसदीय विकास कोषबाट ख़रीद गरिएको एम्बुलेन्स र शव वाहन पर्सा क्षेत्र नं.१ मा पर्ने वीरगंज महानगरपालिकालाई यसै हप्ता उद्घाटन गरी हस्तान्तरण गर्नु भएको छ ।

स्थानिय पूर्वधार विकास साझेदारी कार्यक्रमको रकम कोरोना महामारी नियन्त्रणका लागी प्रस्तावित विकास वजेट बाट कटा गरेर कोरोना रोकथामका लागी रक़म जुटाउने कार्य गरिएको सांसद यादवले बताए ।

error: Content is protected !!