पर्सा कालिकामाई गापा प्रमुख नथुनी कुशवाहाको निधनले गाउँ नै शोकमा

वीरगञ्ज, १७ बैशाख । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ ।

कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहारी निवासी अध्यक्ष कुशवाहाको ७९ बर्षको उम्मेर आज (शुक्रबार) विहान करिब २ बजे निधन भएको हो ।

गाउँपालिका अध्यक्ष कुशवाहाको निधनको खबरले गाउँ नै शोकमा डुबेको छ ।

वहा विरामी भई वहाको घरमा नै केहिदिन देखि उपचार भई रहेको थियो ।

error: Content is protected !!