प्रदेश सांसद शर्माको स्वास्थ्यमा समस्या, हेलिकप्टरमार्फत काठमाण्डौ लगियो

वीरगज, १६ बैशाख । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य ओमप्रकाश शर्मालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।

कोरोना संक्रमण पुष्ठि भएपछि १० दिनदेखि होम आइसोलेसनमा रहेको शर्माको स्वास्थ्यमा समस्या आएपछि बिहिवार हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शर्मालाई उपचारका लागि काठमाण्डौस्थित मेडिसिटी हस्पिटलमा लगिएको वडा नम्बर १० का वडाअध्यक्ष रामनगिना प्रसाद कानुले बताए ।

error: Content is protected !!