पोखरियाका युवा समाजसेवी आलमद्वयले गरे पत्रकार महासंघ पर्सालाई स्वास्थ्य समाग्री सहयोग

वीरगंज,१४ वैशाख । पर्साको पोखरिया नगरपालिकाका युवा समाजसेवीहरूले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई आज एक कार्यक्रमका बिच स्वास्थ्य समाग्री सहयोग गरेका छन ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित हस्तांतरण कार्यक्रममा समाजसेवी नौसाद आलम र मनिर आलमले ५ सय पिस मास्क तथा २५ वटा सेनेटाइजनर पत्रकार महासंघ पर्सालाई हस्तान्तरण गरेका हुन ।

शाखाका अध्यक्ष अनुप तिवारी र सचिव भुषण यादवलाई कोरोनाबाट पत्रकारहरुलाई जोगिनका लागि सजिलो होस् भन्ने उद्देश्यले मास्क तथा सेनेटाइजर उपलब्ध गराइएको समाजसेवी नौसाद आलमले बताउनु भयो ।

समाजसेवी आलमद्वयले पत्रकार महासंघका अध्यक्ष तिवारी र सचिव यादवलाई उक्त स्वास्थ्य सामग्रीहरु प्रदान गर्नु भएको हो । कार्यक्रममा सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो ।

error: Content is protected !!