९ बर्ष कैद र पचास हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

वीरगंज,१२ वैशाख । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहदै आएका एकजना फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर २९ बस्ने वर्ष ४० को बुधन राम चमार रहेका छन ।

मिति २०७१।०५।०६ गते भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी रक्सौल नगरपरिषद वडा नं.२१ बस्ने बर्ष २१ को रितेश कुमारलाई अपहरण गरी फिरौती रकम माग गर्ने मध्येका चमारलाई मिति २०७३।०३।०६ गतेको सम्मानित पर्सा जिल्ला अदालतको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ बर्ष कैद र पच्चास हजार जरिवाना तोकिएको थियो ।

निज वारदात पश्चात फरार रहेको र हाल निज आफ्नै गाँउघरमा आई लुकीछिपी बस्दै गरेको भन्ने विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले चमारलाई वीरगञ्ज -२९ बस्डिलवा गाउँमा फेला पारी पक्राउ गरी आजै सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिनु भयो।

error: Content is protected !!