वीरगंज साइकिलिंग क्लबद्वारा पत्रकार महासंघ पर्सालाई स्वास्थ्य समाग्री सहयोग

वीरगंज,१२ वैशाख । वीरगन्ज साइकिलिंग क्लबले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई आज एक कार्यक्रमका बिच स्वास्थ्य समाग्री सहयोग गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित हस्तांतरण कार्यक्रममा क्लबले ३ हजार पिस मास्क तथा ५० वटा सेनेटाइजनर पत्रकार महासंघ पर्सालाई हस्तान्तरण गरेको हो ।

शाखाका अध्यक्ष अनुप तिवारी र सचिव भुषण यादवलाई कोरोनाबाट पत्रकारहरुलाई जोगिनका लागि सजिलो होस् भन्ने उद्देश्यले मास्क तथा सेनेटाइजर उपलब्ध गराइएको वीरगन्ज साइकिलिंग क्लबका अध्यक्ष संजय अग्रवालले बताउनु भयो ।

अध्यक्ष अग्रवालले पत्रकार महासंघका अध्यक्ष तिवारी र सचिव यादवलाई उक्त स्वास्थ्य सामग्रीहरु प्रदान गर्नु भएको हो ।

कार्यक्रममा वीरगन्ज साइकिलिंग क्लबका सचिव अनुप अग्रवाल सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो ।

error: Content is protected !!