१३ सय पिस लागुऔषध एम्पुल सहित सहनी पक्राउ

वीरगंज,०९ वैशाख । प्रहरीले ठुलो संख्यामा प्रतिबंधित लागुऔषध एम्पुल सहित वीरगंज बाट एकजना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २१ को सुरज सहनी रहेका छन ।

बीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक एरियामा शंकास्पद रुपले पैदल हिडिरहेको अवस्थामा सहनीलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले रोकी निजको शरीर रीतपूर्वक खानतलासी गर्दा सहनीले साथमा बोकेको सेतो प्लाष्टिकको झोलाभित्र लुकाइछिपाई ल्याएको लागुऔषध डाईजेपाम ७ सय पिस, एम्पुल र नुर्फिन ६ सय गोटा गरी जम्मा १३ सय पिस लागुऔषध एम्पुल फेला परेको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

लागुऔषध सहित पक्राउ परेका सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

error: Content is protected !!