वप्रका श्रीपुर र समाज परिवर्तन नेपालको सहकार्यमा निशुल्क मास्क वितरण

वीरगञ्ज, ९ बैशाख । बढदो कोरोना प्रभावलाई रोकथाम गर्न वीरगंजको मुर्ली चौकमा निशुल्क मास्क वितरण गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर र समाज परिवर्तन नोपल संस्थाको सहयोगमा वीरगञ्जको मुर्ली चौक बजार क्षेत्रमा कोरोना कहरलाई मध्यनजर गर्दै निशुल्क मास्क वितरण गरिएको समाज परिवर्तन नेपाल संस्थाका अध्यक्ष अकलेश साहले बताए ।

कोरोना भाइरसको महामारी तिव्र रुपमा फैलिरहेको अवस्थामा नागरिकलाई सचेत बनाउन मास्क वितरणका साथै जनचेतनामुलक कार्यक्रम गरिएको समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहले बताए ।

कार्यक्रममा प्रहरी सहायक निरिक्षक राजकुमार ठाकुर, संतोष पाण्डे र संस्थाको तर्फबाट राजन साह, रामकुमार पटेल, सुधिर झा र भक्ती अग्रवाल
लगाएतको उपस्थिती रहेको थियो ।

error: Content is protected !!