नारायणी अस्पतालको वातावरण सहज बनाउन राजनितिक दलले सहयोग गर्ने

वीरगञ्ज, ९ बैशाख । नारायणी अस्पताल बिकास समितिको बिहिवार बसेको बैठकले कोभिड संक्रमितका लागि विशेषज्ञ सेवासहितको अस्पताल तोक्ने निर्णय गरेको छ ।

समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभको अध्यक्षतामा पर्सा जिल्लाका राजनितिक दलका प्रमुखहरुको सयुँक्त बैठकले अस्पताल कोभिड व्यवस्थापन सम्वन्धि निर्देशिकाको अधारमा पर्सा जिल्लामा रहेका निजी अस्पतालमा कोभिड संक्रमितहरुको उपचार तथा व्यवस्थापनमा बेड छुटयाउन पहल गर्ने तथा छुट्टै कोभिड अस्पताल स्थापनाका लागी पहल गर्ने निर्णय गरेको हो ।

कोभिड संक्रमितको उपचारसँगै अन्य सामान्य सेवा, प्रसुती, आइसियु, सिसियु, एनआईसियु, डायलासिस, इमरजेन्सी, इमरजेन्सी सर्जरी, सिएस र बहिरंग सेवाहरुलाई पनि निरन्तरता दिने तथा वहिरङग सेवाको टिकट विहान ११ बजेसम्म मात्र काट्ने निर्णय पनि बैठकले गरेको नारायणी अस्पतालका चिकित्सक डा. सरोज सिहले जानकारी दिए ।

बैठकमा नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदी, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजारा, नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. संजय कुमार ठाकुर, नारायणी अस्पताल विकास समितिका सुरेन्द्र कलवार, सन्तोष कुमार पास्वान, ज्योती मिश्रा, मेट्रोन माधवी चौधरी, सुसिल प्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।

error: Content is protected !!