देशका मुख्य शहरी क्षेत्रको विद्यालय बन्द गर्न मन्त्रिपरिषद्को निर्णय

वीरगञ्ज, ६ बैशाख । सरकारले देशभरका शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले काठमाडौंसहित भक्तपुर, ललितपुर, पोखरा, बागलुङ, चितवन, बारा, पर्सा, उपन्देही, दाङलगायतका मुख्य शहरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न निर्णय गरेको छ । विद्यालय बन्द रहेको समयमा अनलाईन कक्षा सञ्चालन गर्न निर्देशनपनि दिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

error: Content is protected !!