होटल तथा रेस्टुराँ बेलुका ८ बजेसम्म मात्रै खोल्न पाइने

वीरगञ्ज, ६ बैशाख । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुङले तोकिएको समयभन्दा बाहेक होटल तथा रेष्टुरेन्टले होम डेलिभरी भने गर्न सक्ने बताए।

error: Content is protected !!