नेशनल मेडिकल कलेजमा मुटुमा दुईवटा प्वाल परेका बिरामीको सफल शल्यक्रिया सम्पन्न

वीरगंज,बैशाख ६ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजमा मुटुमा दुईवटा प्वाल परेको बिरामीको सफल शल्यक्रिया भएको छ ।

अस्पतालले आज पत्रकार सम्मेलन गरि वीरगंज रानीघाट बस्ने ४७ बर्षिय सुलोमान हवारीको मुटुको सफल शल्यक्रिया गरेको जनाएको छ । अस्पताल व्यवस्थापन समितिले प्रदेश २ मै पहिलो पल्ट मुटुमा दुईवाट प्वाल परेको बिरामीको सफल शल्यक्रिया गरेको जनाएको छ ।

मुटुरोग बिशेषज्ञ डा।अफरोज अंसारी,डा।कौशल तिवारी,डा।अचुत्यानन्द कर्ण र डा। जितेन्द्र कुमार मिश्रको टिमले हवारीको एक हप्ता अगाडि मुटुको सफल शल्यक्रिया गरेको थियो ।

पत्रकार सम्मेलनमा डा। अफरोज अंसारीले मुटुमा एउटा प्वाल परेको बिरामीको शफल शल्यक्रिया थुप्रै गरेपनि दुईवटा प्वाल परेको मुटुको शफल शल्यक्रिया पहिलो पल्ट गरिएको दावी गर्नुभयो । उहाँले प्रदेश २ मै यस किसिमको शफल शल्यक्रिया पहिलोपटक मेडिकल कलेज वीरगंजमा गरिएको दावी समेत गर्नुभयो ।

मुटुको शल्यक्रिया गर्न ५–६ लाख लाग्ने भएतापनि चेज हर्ट फाउन्डेशन र नेशनल हर्ट एण्ड लंग्स सोसाईटी नेपालको सहयोगमा हवारीको शल्यक्रिया अति न्युन खर्चमा गरिएको डा। कौशल तिवारीले बताउनुभयो । हवारीलाई छिटै डिस्र्चाज गरिने अस्पतालले जनाएको छ ।

पत्रकार सम्मेलनमा अस्पतालका एम।डि बसरुदिन अंसारी, डा। प्रमोद सर्राफ, अस्पतालका प्रव्क्ता महमद सेराज अहमद लगायतको उपस्थिती रहेको थियो ।

error: Content is protected !!