“बोलऽ अब का करीं?” नामक भोजपुरी भिडियो गित सोमबार बजारमा आउदै

वीरगंज। नेपालका युवाहरूद्वारा भोजपुरी गीत संगीत, कथा कहानी, कला संस्कृतीमा निरन्तर कार्य गर्नुको साथै अश्लीलको बिरोध र श्लीलको प्रचार प्रसार गरिदै छ ।

बिगतका दिनहरुमा “जेंवना” नामक फेसबुक पेजबाट भोजपुरिको धरोहरका रूपमा रहेको लोकगित, लोकधुन, परम्परा, संकृतीहरू बारे नियमित भिडियो बनाई छोटो समयमा राम्रो नाम कमाएका समुह अब भोजपुरी समाजमा रहेको दुख ,पिडा , माया प्रेम बारे सांगीतिक माध्यमले अगाडि बढने संकल्पका साथ अगाडि बढिरहेको ति समुहका संरक्षक राकेश यादव “मितवा” बताउनुहुन्छ ।

वर्तमान समयमा वीरगंजबाट श्याम सरार्फद्वारा लिखित, छोटु राजको आवाजमा , सुमन बाबा र रेबिका अभिनीत “बोलऽ अब का करीं ? ” भोजपुरी गीत चाडै बजारमा आउदै छ । यो गीत/वीडियो का निर्माता राजन श्रीवास्तव हुन भने बिवेक परियारले आफ्नो संगितले सजाएका छन । यस समुहले तैयार गर्ने भिडियो गितको एउटा राम्रो पक्क्ष निर्माता, निर्देशक, गायक, गीतकार, संगितकार, कलाकार लगायत सबै स्थानीय नै हुन्छन।

भोजपुरी समाजमा र गाउघरको लभ स्टोरीमा आधारित फ़िलमाईएको भिडियो गितको बैनर सोसलमिडिया लगायत बिभिन्न संचारमाध्यमा व्यापक रूचाईएको छ । साथै धैरै जना यस भिडियो गितको प्रतिक्षामा रहेको सोसल मिडियामा राखिएको बैनरको कमेन्टबाट सहजै बुझिएको छ । ०७८ वैशाख ६ गते बेलुका ७ बजे जेंवनाको आधिकारिक युटुब र फेसबुक पेजमा भिडियो राखिने छ।

जेंवना भोजपुरी सनेसाको पहिलो भिडियो सांगितिक प्रस्तुतिको रुपमा रहेको “पेट बडी पापी” निकै प्रशंसा कमाएको थियो। बिशेष गरी तराई भेगमा समस्याको रुपमा रहेको बिदेश पलायन पछी भोगनुपर्ने पिडालाई दर्साउने उक्त भिडियो गितले धेरैको मन छोएको थियो।

त्यस गितमा गरिएको शब्द चयन, भिडियोको अभिनय लगायतले प्रशंसा बटुलेको थियो। श्याम सरार्फ द्वारा लिखित र उनकै अवाजमा , राकेश यादव “मितवा” अभिनय गरेका , बिवेक परियारले आफ्नो संगितले सजाएका “पेट बडी पापी” भिडियो गितको निर्देशन राजन श्रीवास्तवले गर्नुभएको थियो ।

भोजपुरी गीत संगीतमाथी भईरहेको काम हेरेर ६ दशक पहिला रहेको भोजपुरी गीत संगीत अनी सिनेमाको स्थिति अब फेरी चाडै फर्किने आभास भईरहेको भोजपुरीकर्मीहरू बताउन्छन् । क्षणिक स्वार्थपूर्ति र क्षणिक इज्जत अनी पैसाको लागी अश्लील लेख्ने अनेकन भोजपुरी गीतकारका बीच यस्तो गीत आउनु श्लील गीत, संगीत वा सिनेमामा काम गरिरहेका लागी सकारात्मक पक्ष हेर्न सकिन्छ । साथै अश्लीलताको मुखमा कालो मोसो लगाउने शुभ कार्य पनि भईरहेको भोजपुरीकर्मीहरूको बुझाई रहेको छ ।

अश्लीलताको बाजारमा प्रतिस्प्रधात्मक रूपमा आईरहेको यस्तो श्लील गीतहरू हाम्रो परिवारका साथै सार्वजनिक ठाउँमा सुन्न सकिने वा देखन सकिने छ । श्लील गीतहरू माथी काम गरिरहेका हरेक गीत संगीत वा सिनेमासंग जोडिएका ब्यक्तिहरूको प्रोत्साहन स्वरूप हामी यस्तो गीतहरू देखेर, सुनेर, शेयर गरेर आफ्नो भाषा संस्कृती प्रतिको जिम्मेवारी पूरा गरेर अश्लीलता माथी काम गर्नेहरूलाई निरुत्साहित गर्न सकिने निर्माता पक्षकाे भनाई छ ।

error: Content is protected !!