स्रोत नखुलेको ८ लाख नेपाली रूपैया सहित वीरगंजबाट एकजना पक्राउ

वीरगंज । स्रोत नखुलेको ८ लाख नेपाली रूपैया सहित वीरगंज बाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं.३ छप्कैया बस्ने वर्ष ४८ को श्रीभगवान प्रसाद कलवार रहेका छन ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको भन्ने सूचनाको आधारमा कलवारलाई बीरगञ्ज स्थित बाबा होटल स्थित सडक खण्डबाट साईकलमा चढी आइरहेका उनलाई रोकी जाँच गर्ने क्रममा निजले साथमा बोकेको कालो प्लाष्टिकको झोलाभित्र स्रोत खुल्न नसकेको नेपाली ८ लाख रूपैया बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

हुण्डिको रकम फेला परेकोले निजलाई उक्त नगद र साईकल सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

error: Content is protected !!