सखुवा पर्सौनीमा सार्वजनिक सुनवाई सम्पन्न

वीरगन्ज । पर्साको सखुवा परसौनी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर १ मधुवन मथवलको खजुरिचा चोकमा मंगलवार बिहान सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

वडा नम्बर १ का अध्यक्ष विश्वनाथ पटवारीको अध्यक्षतामा र गाउँपालिका प्रमुख प्रदीपकुमार जयसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय जनताले सडक, विद्यालय, स्वास्थ्यचौकी, नदी नियन्त्रणजस्थता विषय प्राथमिक्तसाँथ उठाए ।

सखुवा परसौनी गाउँपालिकाको आयोजना र सहयोगी नेपाल संस्थाको संयोजनमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै स्थानीयले धानको बिउ, रसायनिक मल खाद्यको वितरण र विद्यलयमा अपुग शिक्षक दरबन्दी जस्ता विषयमा जिज्ञासा र सुझाव राखेका थिए ।

कार्यक्रमका प्रमुख अथिती रहेका गाउँपालिका प्रमुख जयसवालले आफुहरुले विकासको वजेट स्थानीय आवश्यक्ताको पहिचान गरेर र वडास्तरबाट पेश भएर आएका योजनाहरुका अनुसारमा गर्ने गरेको बताए । उनले कृषी, शिक्षा र स्वास्थ्यजस्ता विषय आफुहरुको प्राथमिकतामा रहेको बताए ।

कार्यक्रमको विशिष्ठ अतिथी रहेकी गाउँपालिकाकि उपप्रमुख फुलमति चौधरीले आफुहरुले समुदायस्तरमा उठेका बिवादहरु स्थानीय न्यायिक समिमित मार्फत छलफल र मेलमिलाप गराएर मिलाउने गरेको बताइन । त्यससतै पालिकाका हुने निर्णयहरुमा जनताको आश्यक्तालाई केन्द्रबिन्दुमा राख्ने गरेको दावी गरिन ।

गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सन्देश यादवले गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन लागि परेको बताए । उनले विकास निर्माणको कामदेखि योजना कार्यन्यवनका हरेक चरणमा कार्मचारी वर्गबाट गरिने कार्य राम्रो होस भन्ने प्रयास गर्ने गरेको बताए ।

स्थानीय भागवत दास थारुले गाउँपालिकाको काम कारवाही पारदर्शी हुनु पर्ने राय जनाए ।

कार्यक्रममा संयोजनाकर्ता संस्थाका प्रतिनिधि अफरोज अहमदले नागरिक प्रतिवेदश र वर्हिगम अभिमतको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बिभिन्न वडाका जनप्रतिनिधि, कर्मचारीहरु, सथानीय राजनीतिक दलका अगुवा, नागरिक अगुवा, महिला र भद्रभलादमीहरुको सहभागिता थियो ।

error: Content is protected !!