कृषकको उत्पादनलाई राज्यले आम्दानीको स्रोत मानेन : सांसद यादव

वीरगञ्ज, २३ चैत । पर्सा क्षेत्र नम्बर १ का प्रतनिधिसभा सदस्य प्रदिप यादवले कृषिप्रधान देशमा किसानहरुका लागिपनि छुट्टै परिचय ल्याउँनु पर्ने धारणा राखेका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् यादवले सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्ने अभियान थालेझैँ किसानहरुको सहुलियत र कारोबार गर्नका निमित्त एउटा विशेष र छुट्टै किसान कार्ड उपलब्ध गराउन बताएका हुन् ।

धान, गहुँ, उखु, माछापालनलगायतबाट आम्दानी गर्ने किसानहरुलाई कर कार्यालयले दुःख दिने गरेको सुनाउँदै कृषकलाई सहज रुपमा किसानीसँगै व्यापार र व्यवसाय गर्ने वातावरण सृजना गर्न माग किसानहरुको परिचय पत्र आवश्यक रहेको उनको तर्क छ ।

आफ्नो कृषिको उत्पादन बेचेर सानो व्यवसाय सुरु गरेको किसान राजश्व कार्यालयमा कर तिर्न पुग्दा उसँग आम्दानीको स्रोतको बारेमा प्रश्न गरिन्छ,’ सांसद् यादवले भने, ‘वर्षौं कृषि गरेर जोगाएको पैसाबाट किसानले व्यसाय सुरु गर्न सक्दैन? त्यस वापत उसले जम्मा गरेको रकमको स्रोत कहाँबाट देखाउने? त्यसैले किसानहरुका लागि एउटा छुट्टै किसान कार्डको अवधारणा सरकारले ल्याउन जरुरी छ ।’

यादवले वीररगञ्जस्थित आईसिपीमा मान्छे ओहोरदोहोरका लागि निम्ती बाटोलाई प्रयोगमा ल्याउन सरकारसँग आग्रहपनि गरेका थिए । आईसीपीमा रहेको बाटो प्रयोग नहुँदा पर्साको ग्रामिण भेगका जनता लामो बाटो प्रयोग गर्न बाध्य रेहको उनको भनाई थियो । ‘सवारीसाधन ओहोरोदोहोर गर्न दिने तर माथीको आदेश छ भनेर मान्छेलाई जान नदिने? त्यो अन्याय भएन ?, उनले भने ।’

रोटीबेटीको सम्बन्ध भएको भारत र नेपालका बासिन्दालाई आवतजावतमा रोक लगाउनु अनुचित भएको बताउँदै सांसद यादवले सभामुखमार्फत अर्थमन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी कोरोना भाइरसको महामारीमा अन्य सामान्य बिरामीका लागि समेत ढोका बन्द गरेका निजि अस्पतालहरुले अहिले नयाँ धन्दा शुरु उनले आरोप लगाए ।

वीरगञ्जका केही निजि अस्पतालहरुले बारा, पर्सा र रौतहटका एम्बुलेन्स चालकहरुसँगको मिलेमतोमा बिरामीहरु ल्याइदिएबापत एक हजारदेखि बिलमा केहि प्रतिसतसम्म कमिशन दिने गरेको उनले बताए ।

यसरी एम्बुलेन्स चालकलाई दिइने कमिसन अस्पतालले सेवाग्राहीबाट ठग्ने गरेको बताउँदै यसलाई रोक्न सरकारी सतरबाट अनुगमन गर्नुपर्ने उनको माग थियो ।

error: Content is protected !!