९ सय पिस लागुऔषध एम्पुल सहित एकजना भारतीय पक्राउ

वीरगंज,२३ चैत्र । ९ सय पिस अवैध लागुऔषध एम्पुल सहित प्रहरीले वीरगंज बाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी छौडादानो थाना बस्ने वर्ष २८ को अफरोज आलम रहेका छन ।

नियमित डियुटीको क्रममा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी इनर्वा बाट खटिएको प्रहरी टोलीले शंकराचार्य गेट अगाडी शंकास्पद रूपमा नेपाल तर्फ आईरहेको आलमलाई चेकजाच गर्दा निजले बोकेको कालो ब्याग भित्र लुकाइछिपाई ल्याएको लागु औषध डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नुर्फिन ३ सय एम्पुल गरी ९ सय एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

आलमलाई लागु औषध सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

 

error: Content is protected !!