वीउवासङ्घका अध्यक्ष गुप्ताले तृतीय उपाध्यक्ष राजपाललाई शपथ ग्रहण गराए

वीरगञ्ज २१ चैत्र । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नयाँ कार्य समितिको प्रथम कार्य समिति बैठकले सङ्घको रोजगारदाता परिषद्को संयोजकमा माधव राजपाललाई मनोन्यन गरेको छ ।

सङ्घको विद्यान अनुसार रोजगारदाता परिषद्को संयोजक कार्य समितिमा तृतीय उपाध्यक्ष मनोनयन गर्ने प्रावधान रहेको छ । माधव राजपाललाई सङ्घका अध्यक्ष गुप्ताले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्यको क्रममा अध्यक्ष गुप्ताले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विगतका वर्षहरु देखि नै उठाउँदै आएको यस क्षेत्रको उद्योग, व्यापार र पारवहन लगायतका क्षेत्रहरुको संतुलित विकासलाई अझ प्रमुखताका साथ उठाउने बताउनु भएको थियो ।

वहाले अन्यौलपूर्ण परिस्थितीमा निजी क्षेत्रको भूमिका र अपेक्षालाई नेपाल सरकार संग सहकार्य गरेर अल्पकालिन, मध्यकालिन र दिर्घकालिन समाधानका बाटो पैल्याउने प्रभावकारी रुपमाले अघि बढने विचार व्यक्त गर्नु भयो ।

शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले राजपाललाई फुलको माला तथा अबिरको टिका लगाई प्रमाण पत्र हस्तान्तरण गर्दै प्रदेश सरकार प्रदेश नम्बर २ को आर्थिक औद्योगिक एंव व्यवसायी क्षेत्रको विकासका लागि नयाँ कार्ययोजना सहित अघि बढी रहेको बताउनु भयो ।

वहाले उद्योग र कृषिलाई प्रदेश सरकारले आफ्नो मुख्य प्राथमिकताका क्षेत्रमा राखेको बताउदै कतिपय नीतिगत अस्पष्ठताका साथै ऐन कानूनका जटिलताले गर्दा प्रदेश सरकारले बनाएका योजनाहरु तत्कालै कार्यान्वयन हुन न सकेको ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा प्रथम उपाध्यक्ष अनिल पटवारी, द्वितिय उपाध्यक्ष हरि गौतम, कोषाध्यक्ष गोविन्द साह, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, नवनिर्वाचित पदाधिकारी लगायत सङ्घका कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको थियो ।

error: Content is protected !!