डलरमा धर्म बिक्रि गरेर संबिधानमा ”धर्म निरपेक्ष” राखियो-केन्द्रिय अध्यक्ष पटेल

बिरगंज /  हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले संविधानमा लेखिएको ‘धर्म निरपेक्ष’ वाक्यांसलाई केही नेताहरुले करोडौं डलमा बिक्री गरेको आरोप लगाएका छन् ।
भारतीय मीडियाहरु संग कुराकानी गर्दे पटेलले भने गरिबी, अशिक्षा र असमानताको नारा भजाएर नेपालमा क्रिस्चियन मिसिनरी र कम्युनिष्टहरु हावी हुँदै आएको जिकिर पनि गरे ।
केन्द्रिय अध्यक्ष संतोष पटेलले धार्मिक एवं समाजिक कार्यमा अग्रसर हुन सम्पूर्ण हिन्दूहरुलाई आग्रह गर्दै समृद्ध समाज निर्माणका लागि समाजिक विकृतिलाई समेत निर्मुल पार्न आ—आफ्नो तर्फबाट नेतृत्वदायि भुमिका निर्वाह गर्न सुझाव दिएका थिए ।
गैर हिन्दू रास्ट्रहरुको चलखेल अहिले नेपालमा बढेको र हिन्दूहरुको आस्था माथी खेलवाड़को घटना बढेको छ।समयमा सरकार गम्भीर भएन भने देशमा धार्मिक द्वन्द हुने बताए।

error: Content is protected !!