जितपुरसिमरा ९ मा निर्माण हुने सडक ढलानको वडा अध्यक्षले गरे शिलान्यास

बारा । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ मा निर्माण हुन लागेको सडक ढलानको आज एक कार्यक्रमका बिच वडाध्यक्ष प्रभु प्रसाद चौधरीले शिलान्यास गर्नु भएको छ ।

वडा स्तरिय पुर्वाधार विकाश कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको भित्री सडक ढलान बाटोको वडाध्यक्ष चौधरीले विधिवत रुपमा शिलान्यास गरेका हुन ।

कुल ३३ लाखको लागतमा निर्माण हुन लागेको सडक ढलान गर्न जितपुरसिमरा उपमहानगरपालीकाले ३० लाख अनुदान रकम दिएको बताइएको छ ।

भने स्थानीय जनश्रमदान बाट ३ लाख रुपैया लाग्ने वडाध्यक्ष चौधरीले बताए । उक्त बाटोमा सडक ढलान भएपछि १ सय ५० घर धुरी लाभान्वित हुने बताइएको छ । सडक ढलान कार्यक्रममा इन्जिनीयर कबिता यादव लगाएत स्थानीयको उल्लेखनिय उपस्तिथी रहेको थियो ।

error: Content is protected !!