३० ग्राम लागुऔषध खैरो हिरोईन सहित एकजना बालक पक्राउ

वीरगंज,०६ चैत्र । लागुऔषध खैरो हिरोइन सहित वीरगंजबाट प्रहरीले एकजना बालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १४ बस्ने १७ वर्षीय बालक रहेका छन ।

विषेश सुचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका स्थित पावर हाउस चौकबाट उक्त बालकलाई ३० ग्राम लागुऔषध खैरो हिरोइन सहित पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

बालकको शरिर खान तलासी गर्दा ६ वटा सेतो प्लास्टिकको झोला भित्र लुकाएर राखिएको ३० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

लागुऔषध बरामद भएपछि उक्त बालकलाई नियन्त्रणमा लिएर शुक्रवार पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!