महाशिवरात्रीमा परमात्मा आध्यात्मिक प्रवचन

वीरगञ्ज, २७ फागुन । ८५ औँ महाशिव रात्रीपर्वको अवसरमा सुख शान्ति र समृद्धिको लागि परमात्मा अध्यातमिक प्रवचन समारोह सम्पन्न भएको छ ।

ब्रह्रमाकुमारी राजयोग सेवा केन्द्र छपकैया वीरगञ्ज पर्साले आज सो कार्यक्रम आयोजना गरेको हो । ब्रह्रमाकुमारी राजयोग सेवा केन्द्र छपकैयाका क्षेत्रीय सञ्चालिका रबिना दिदीको अध्यक्षता तथा नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष ओमप्रकाश गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गुप्ताले आफुहरु कालो कोट लगाएर सत्यको पक्षमा न्याय सम्पादन गर्छौँ भने ओम शान्तिले सेतो वत्रामा शुद्ध बिचार सहित अभिप्रेरित भएर लागिरहेको बताए ।

कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघका प्रदेश सदस्य गणेश लाठ, पत्रकार महेश दास मुख्य प्रशिक्षक राजु घले लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण गोर्वन भाईले गर्नु भएको थियो ।

error: Content is protected !!