विन्दवासिनी गापाको प्रसौनीभाठामा सशस्त्र प्रहरीको विओपी स्थापना

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं। ५, प्रसौनीभाठ्ठास्थित छोटी भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं। २, छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्य तथा बिन्दवासिनी गाउँपालिका प्रमुख श्रीलाल साह मोदिको विशिष्ट आतिथ्यमा पर्सा जिल्लाको १७ औँ बिओपीको स्थापना गरिएको हो ।

विओपी स्थापनाले सिमामा हुने अपराधी गतिविधि, राजस्व छली, लागुऔषध ओसारपसार, चेलिबेटी बेचबिखन जस्ता कार्यहरु नियन्त्रण गर्ने उद्देश्यका साथ बिओपि स्थानपना गरिएको सशस्त्र प्रहरी नायव महानिरिक्षक गौतमले बताउनु भयो।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्ग, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पान्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, वीरगञ्ज भन्सारका अधिकृत महेश आचार्य, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता लगायत विभिन्न बिओपीका इन्चार्ज तथा स्थानीय बासिहरुको सह्भागिता रहेको थियो ।

error: Content is protected !!