चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

वीरगञ्ज, २० फाल्गुन । चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरिएको छ ।

निलिमा पौडेलको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

बिहिवार एक कार्यक्रमका बिच गठित कार्यसमितिको उपाध्यक्षमा विवेक कर्ण, सचिबमा सूर्यनारायण वि.क., सहसचिबमा प्रणय साह, कोषाध्यक्षमा समिना रञ्जितकार, सदस्यहरुमा क्रमश सोनम गौतम, रश्मिराज भण्डारी, शम्भु कुमार सुमन, जय यादब, रन्जित यादब र एञ्जल चौधरी रहेका छन् ।

चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखा गठन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय महासचिब समिर बलामीले वीरगञ्जमा नेपाली चलचित्रको बजार अन्य क्षेत्रको भन्दा कम भएको हुँदा यस समितिले चलचित्रको बजार बढाउन सघाउने विश्वास व्यक्त गर्नुभयो ।

देशकै आर्थीक एवम् व्यापारिक हबको रुपमा परिचित वीरगञ्जमा चलचित्रका सम्भावनाहरु भएपनि राज्यको नजरबाट उपेक्षामा परेको बताउँदै यहाँका कलाप्रतिभा तथा संस्कृतिको प्रवद्र्धन एवम् संरक्षण गर्न संघले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

चलचित्र पत्रकारको इतिहासदेखी वर्तमान अवस्थाको बारेमा प्रकाश पार्दै महासचिब बलामीले संघको सक्रियताले गर्दा चलचित्रकर्मीहरुको नजर वीरगञ्जमा पर्ने अवस्थाको सृजना गर्न कार्यसमितिका पदाधिकारीलाई अपिल गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाल आदिवासी जनजाती पत्रकार संघ प्रदेश न. २ का संयोजक निरज पिठाकोटेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सञ्चारकर्मी नवराज फुयालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

error: Content is protected !!