सशस्त्र प्रहरीद्वारा ६ हजार पिस अवैध कुखुराको चल्ला बरामद

वीरगंज,१४ फाल्गुन । भारत बाट अवैध रूपमा नेपाल तर्फ भित्रयाईएको ६ हजार गोटा कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीको स्क्वाड टोलीले पर्साको अमरपटी स्थित बार्वागोग बाट दुईवटा मोटरसाइकिलमा लोड रहेको ६ हजार गोटा कुखुराको चल्ला बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले जनाएको छ ।

दुईवटा भारतीय मोटरसाईकल मा नेपाल तर्फ कुखुराको चल्ला लयाईरहेका तस्कर समूहले सशस्त्र प्रहरीको टोली देखेपछी बाटैमा मोटरसाइकिल छोडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको कुखुराको चल्ला पशु क्वारेन्टाईनका प्रमुख डाक्टर हरेराम यादव,सञ्चारकर्मी लगाएतको उपस्थितिमा नष्ट गरिएको थियो ।

error: Content is protected !!