सांसद यादवद्वारा फ्रि वाई फाई जोनको उद्घाटन

वीरगन्ज,१३ फागुन । जनता समाजवादि पार्टिका केन्द्रिय सदस्य एवम संघीय सांसद प्रदिप यादवले फ्रि वाईफाई जोनको उदघाटन गर्नु भएको छ ।

पर्सा जिल्लामा पहिलो पटक पुरा वडालाई लक्ष्य गरि जडान गरिएको फ्रि वाइफाई जोनको नेता यादवले बिहिबार उदघाटन गर्दै वाईफाई सुविधिको सुरुवात गर्नुभएको हो ।

पर्सा गढी गाउपालिका वडा नम्बर ५का वडा अध्यक्ष असलम आलमले जडान गर्नुभएको फ्रिवाइफाई सिस्टमको उदघाटन गर्दै सांसद यादवले समाजिक संजालले जिवनशैलिलाई परिवर्तन गरेको बताउनु भयो ।

उहा नेटको सुविधा हरेक व्यक्तिको लागी अनिवार्य भएको बताउदै वडा वासिको लागी वाइफाई सुबिधा व्यवस्था गरेकोमा  वडा अध्यक्ष आलमलाई धन्यवाद समेत व्यक्त गर्नुभयो  ।

कोरोनाको समयमा धेरै विद्यालयहरुले वाईफाई कक्षा समेत  संचालन गरेकोले यसबाट शिक्षामा पनि ठुलो टेवा पुग्ने नेता यादवको भनाई रहेको थियो ।

उहाले जडान गरिएको वाईफाईको फ्रि सुविधालाई निरन्तर्ता दिनुका साथै समाजिक संजालबाट  हुने बिकृतीबाट युवा युवतीहरुलाई बचाउनु सबै अभिभावको दायीत्व भएकोले यस प्रति सजग रहन वडावासीहरुलाई अनुरोध गर्नुभयो ।

सो बडामा पर्ने पचरुखि, बहुअर्वा , हरदिया र जिंगना लगायतका टोलमा आजदेखि फ्रि वाईफाई सेवा संचालनमा आएको छ ।

उदघाटन कार्यक्रममा जनता समाजवादि पार्टि जिल्ला अध्यक्ष रामनरेश यादव,सचिव तबरेज अहमद,वडा अध्यक्ष असलम आलम ,पार्टिका जिल्ला सदस्य अशोक यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 

error: Content is protected !!