वीरगञ्ज,११ फागुन । लागुऔषध गाँजा सहित प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला पर्सा पर्सागढी गाउपालीका वडा नम्बर ९ मनवा बस्ने वर्ष ४५ को पुनारदास चौधरी रहेका छन ।
प्रहरी चौकी इनर्वाबाट खटिएको चेकिंग टोलीले नेपाल बाट भारत तर्फ जादै गरेको चौधरीलाई शंक्राचार्य गेट अगाडी चेकजाचका क्रममा शरिरमा पेटी बनाई लुकाई छिपाई लगिरहेको अवस्थामा १ किलो लागुऔषध गाँजा बरामद भएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी दिनु भयो ।
अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका चौधरीलाई लागुऔषध सम्बन्धी कसुरमा मुद्या दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
यसमा तपाईंको प्रतिक्रिया: