पर्सा प्रहरीद्वारा भन्सार छलीका १० लाखको समान बरामद

वीरगञ्ज,११ फागुन । अवैध रुपमा भन्सार छली भित्रयाइएको १० लाख मुल्य बराबरको भन्सार छलीका समान पर्सा प्रहरीले बरामद गरेको छ ।

गएको एकसाताको अन्तरालमा पर्सा प्रहरीले वीरगञ्ज महानगरपालीकाको विभिन्न स्थानबाट भन्सार छलीका विभिन्न समानहरु बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जको विभिन्न स्थानहरु बाट अवैध रुपमा भन्सार छली भित्रयाइएको लता कपडा, हार्डवेयर, सुर्ती लगाएतका समानहरु बरामद गरिएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी दिनु भयो ।

खुला सिमाका कारण हुने अवैध भन्सार चोरी निकासी नियन्त्रण गर्न पर्सा प्रहरी अहोरात्र खटिरहेको बताए ।

बरामद गरिएको भन्सार छलीका समानहरु आवश्यक कार्यवाहीका लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

error: Content is protected !!