युथ कांग्रेस नेपाल पर्साको संगठन बिस्तार, अध्यक्षमा साह

वीरगंज । नेपाली कांग्रेस निकट रहेको युवाहरुको संगठन “युथ कांग्रेस नेपाल ” पर्सा जिल्ला कार्य समिति विस्तार भएको छ।

शनिबार बिरगंज स्थित ठाकुर राम क्याम्पसमा बसेको बैठक बाट सुमेश्वर साहको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति विस्तार गरिएको छ।

नेपालका युवा लोकतन्त्रवादीहरुको अभियान युथ कांग्रेस नेपालले पछिल्लो ३ वर्ष देखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभुती को लागि विभिन्न कार्यक्रम चलाउदै आइरहेको छ।

युथ कांग्रेस नेपाल प्रदेश नं २ का सदस्य राहुल कुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको विस्तार कार्यक्रममा वि.पि कोइराला युवा मन्च का प्रदेश न२ का सम्पर्क ब्यक्ति मनोहर साह विशिष्ट अतिथीका रुपमा रहेका थिए भने अथितीका रुपमा वि.पि कोइराला विकाश मन्च पर्सा जिल्ला अध्यक्ष हरेन्द्र यादव,नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता रहेका थिए।

संगठनको उपाध्यक्षमा अनिल पटेल, नरेश प्रसाद रौनियार , सचिवमा राहुल कुमार कानु , सह सचिवमा पवन कुमार पटेल, श्याम गुप्ता ,कोषाध्यक्षमा अंजली मण्डल, सदस्यहरुमा देवनाथ महतो, प्रदिप गुप्ता, मुकेश गुप्ता, सुमित श्रीवास्तव , जाहुर अंसारी, रन्जन सरार्फ , दिपक महतो, रंजित कु कानु, केशव कुमार मण्डल, प्रदिप साह ,रंजित कुमार कानु, सुजित कुमार मिश्र,श्याम गुप्ता,अकाश गुप्ता,राजु गुप्ता लगाएत रहेका थिए।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!