पर्सागढी नगरपालिकामा बिऊ श्रोत केन्द्र स्थापनाका लागी शिलान्यास

वीरगन्ज,४ फागुन । पर्साको पर्सागढी नगरपालिका १ बसवरियामा बिऊ श्रोत केन्द्र स्थापनाका लागी एक कार्यक्रमका बिच मंगलबार शिलान्यास भएको छ ।

स्थानीय श्री सेतो गुराँस कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा बिऊ श्रोत केन्द्र स्थापनाका लागि शिलान्यास भएको हो ।

बिऊ श्रोत केन्द्रको शिलान्यास पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादव र प्रधानमन्त्री आधुनिकीकरण कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय पर्साका प्रमुख वरिष्ठ कृषि अधिकृत रोसन अधिकारीले संयुक्त रूपमा गर्नु भएको हो ।

धान ,गहु ,मसुरोको बिऊ श्रोत केन्द्रको निर्माणमा कुल ३८ लाख २६ हजारको लगानीमा लाग्न थालेको प्रधानमन्त्री आधुनिकीकरण कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय पर्साले जनाएको छ ।

जसमध्ये प्रधानमन्त्री आधुनिकीकरण परियोजना इकाइ कार्यालय पर्साको ८५ प्रतिशत अनुदान सहयोग र सेतो गुराँस कृषि सहकारी संस्था लिमिटेडको १५ प्रतिशतको लगानी लाग्ने कार्यालयको भनाई छ ।

बिऊ श्रोत केन्द्रको क्षमता २० देखी २५ मेट्रिक टन रहेको प्रधानमन्त्री आधुनिकीकरण परियोजना इकाइ कार्यालय पर्साले जनाएको छ ।

सेतो गुराँस कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष अनिरुद्ध प्रसादको अध्यक्ष्तामा भएको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री आधुनिकीकरण कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत रोसन अधिकारी , प्रधानमन्त्री आधुनिकीकरण कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ कार्यालयका नायब सुब्बा साहेब प्रसाद गोढ, लेखा प्रमुख राजेन्द्र कर्ण ,सब इन्जिनियर सन्तोष पन्डित,वडा अध्यक्ष तुलाराम महतो लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

बिऊ श्रोत केन्द्र स्थापनाले स्थानीय कृषकहरु हर्षित
पर्साको ग्रामिण क्षेत्रको नगरपालिकामा कृषकहरुलाई लक्षित गरी बिऊ श्रोत केन्द्र स्थापना भएको खबर स्थानीय कृषकहरु हर्षित भएका छन ।

जिल्लाको मुख्यखेतीको रुपमा रहेको धान ,गहु र मसुरो बिउको श्रोत केन्द्र स्थापनाका लागी भएको शिलान्यासले उनीहरु हर्षित भएका हुन ।

स्थानीयहरुका अनुसार ग्रामिण क्षेत्रको किसानका लागी यो बिउ श्रोत केन्द्रको स्थापनाले सदरमुकाम सहित अन्य ठाँउका बिउ केन्द्रमा धाउने कार्यको अन्त हुने विश्वास लिएका छन ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!