पत्रकार महासंघ प्रदेश २ को साधारणसभा सम्पन्न, प्रादेशिक पुरस्कारबाट झा र नेपाल सम्मानित

वीरगंज,१ फागुन । नेपाल पत्रकार महासंघ प्रदेश २ को दोस्रो सधारण सभाको उद्घाटनसत्र सम्पन्न भएको छ । प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा वीरगंज स्थित टाउन हलमा उद्घाटनसत्र सम्पन्न भएको हो ।

उद्घाटनसत्रलाई सम्बोधन गर्दै महासंघका केन्द्रिय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी गोबिन्द आर्चालयले पत्रकारको हक हितको लागि सरकारले बिशेष ध्यानदिनुपर्ने बताउनुभयो । देशके चौथो अंगको रुपमा रहेका पत्रकारहरुको जिवन रक्षाको लागि बिभिन्न कोषको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पत्रकारलाई समाजमा देखापरेका कुसंस्कार, विकृति,भ्रष्टाचार लगायतको क्षेत्रमा कलम चलाउन सुझाव दिएका थिए । लोकतन्त्र गणतन्त्र रक्षाको लागि पनि पत्रकारको भुमिका महत्वपुर्ण रहने भन्दै गणतन्त्र रक्षाको लागि कलम चलाउन आर्चायले आग्रह गुर्नुभएको थियो ।

कार्यक्रममा प्रादेशिक पुरस्कार २०७६बाट नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा र २०७७ बाट नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष एवं आवाज एफ.एमका समाचार प्रमुख सत्रुघन नेपाललाई क्रमशःनगद २५हजार, सम्मानपत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

झा र नेपाललाई प्रमुख अतिथी आर्चायले सम्मानित गर्नुभएको थियो । यसैगरी कार्यक्रममा वीरगंजमा महानगरपालिकाका मेयर बिजय सरावगी लगायत प्रदेश २का पदधिकारीहरुलाई पनि सम्मानिति गरिएको थियो ।

कार्यक्रममा केन्द्रिय महासचिव रमेश बिष्ट,सचिव रामप्रसाद दाहाल, केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र,पत्रकार लालबाबु शेख, अजयबाबु शिवाकोटी, नेकपा पर्सा अध्यक्ष प्रभु हजरा, नेपाली काँग्रेसका सभापति अजय द्विवेदि,जसपाका अध्यक्ष रामनरेश यादव, उपमेयर शान्ति कार्की लगायतकाले धारणा राख्नुभएके थियो । कार्यक्रममा उपाध्यक्ष केसी लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहजीकरण महासचिव किरण कुमार कर्णले गरेका थिए ।

कार्यक्रममा सात जिल्लाका सभापतिहरुले सांकेतिक बिरोध समेत गरेका छन । बहुमत प्राप्त जिल्ला कमिटीबाट पठाइएको नयाँ सदस्हरुको नामावलीमा प्रदेश २ले अनावश्कय हस्तक्षेप गरी ८ जिल्ला मध्ये ७ जिल्लाका सभापतिहरुलाई अपमानित गरेको प्रति खेद जनाएका छन । उद्घाटनसत्रमा ७ जिल्लाका सभापतिहरुले मञ्च आसन ग्रहण बहिष्कार गर्नुको साथै मायाको चिन्ह लिन समेत अस्वीकार गरेका थिए । यता बन्दसत्रमा विवाद समाधानका लागि प्रदेश २ ले गरेको निर्णय अस्वीकार गर्दै बिवादित सदस्यहरुको नामावली केन्द्रमा पठाउने निर्णय भएको बुझिएको छ ।

error: Content is protected !!