फलफुल वितरण गरेर मनाईयो २६ औं जनयुद्ध दिवस

वीरगञ्ज,०१ फागुन । २६ औं जनयुद्ध दिवस वीरगञ्जमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्सा प्रचण्ड माधव समुहले २६ औं जनयुद्ध दिवसको अवसरमा वीरगञ्ज स्थित रहेको मानव सेवा आश्रममा फलफुल वितरण गरेको हो ।

मानव सेवा आश्रममा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का प्रदेश सदस्य बाबुराम कौसिकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आश्रममा रहेकाहरुलाई फलफुल वितरण गरिएको थियो ।

फलफुल वितरण कार्यक्रममा जिल्ला सदस्य शम्भु गुप्ता, हिरा अंसारी लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण प्रभाकर गुप्ताले गरेका थिए ।

error: Content is protected !!