अवैध हतियार सहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज । अवैध हतियार सहित वीरगञ्ज बाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालीका वडा नम्बर २५ सिर्सिया खालवाटोला बस्ने उपेन्द्र साह रहेका छन ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले वीरगंज महानगरपालिका वडा नं २५ सिर्सिया स्थित भारतबाट नेपाल तर्फ आईरहेको वीआर ५ एफ ४६४७ नम्वरको भारतिय मोटरसाईकलमा सवार साह माथी संका लागी चेकजाच गर्दा निजको साथबाट नलकटुवा पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोजित कुवरले जानकारी दिनुभयो ।

अवैध हतियार सहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!