वीरगञ्ज,२९ माघ । भन्सार छली अवैधरुपमा नेपाल भित्रयाइएको विभिन्न माल समानहरु प्रहरीले बरामद गरी वीरगञ्ज भन्सार बुझाएको छ ।
खुला सिमाको फाईदा उठाएर वीरगञ्ज संग जोडिएको सिमावर्ती भारतीय शहर रक्शौल लगाएत अन्य नाका हुदै नेपाल तर्फ अवैधरुपमा भित्रयाइएको लत्ता कपडा, खाद्यान्न, हार्डवेयर लगाएतका समानहरु पर्सा प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएको उक्त समानहरुको बजार मुल्य ११ लाख ४८ हजार ९ सय २० रुपैया बराबरको रहेको पर्सा प्रहरीले जनाएको छ ।
बरामद गरिएको समानहरु आवश्यक कार्यवाहीको लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएकोे पर्सा प्रहरीले जनाएको छ ।
यसमा तपाईंको प्रतिक्रिया: