वीरगञ्ज । वीरगञ्जका चर्चित उद्यमी सुवोध कुमार गुप्ता बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौँमा गठन गरेको बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा गुप्ता मनोनित भएका हुन् ।
गठित समितिले नेपालका सम्पूर्ण बैंक, वित्तीय संस्था, विमा कम्पनी लगायतहरूसँगको समन्वयमा देशको उद्योग व्यवसायलाई उकास्न भूमिका खेल्ने छ ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भइसकेपश्चात उक्त समितिको उपसभापतिमा मनोनित हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
नेपाल तेल, चामल, दाल संघका केन्द्रिय अध्यक्षसमेत रहेका गुप्तालाई बित्तिय समितिको उपसभापतिमा मनोनित गरिएको महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
महासंघका कार्यकारिणी समिति सदस्य शाहिल अग्रवालको सभापतित्वमा गठित समितिको उपसभापतिमा गुप्ता चयन भएकोमा वीरगञ्ज उद्योग वाणिज्य संघले पनि खुशी व्यक्त गरेको छ । गुप्ता वीरगञ्ज उद्योग संघका वरिष्ठ उपाध्यक्षपनि हुन् ।
महासंघले गठन गरेको अन्य कयौँ कमिटीमा समेत गुप्ता सदस्यका रूपमा मनोनित भएका छन् ।
यसमा तपाईंको प्रतिक्रिया: