लागुऔषध गाँजा सहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज,२६ माघ । प्रहरीले ३ किलो लागुऔषध गाँजा सहित वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला जमुई पोष्ट दिग्घी थाना लक्ष्मीपुर ग्राम मोहनपुर बस्ने वर्ष २० को राकेश कुमार सिंह रहेका छन ।

विषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले सिर्सिया छोटी भन्सार पछाडीको बाटो भएर भारततर्फ गइरहेका सिंहलाई चेकजाच गर्ने क्रममा झोला भित्र लुकाएको अवस्थामा ३ किलो लागुऔषध गाँजा बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

लागुऔषध गाँजा सहित पक्राउ परेका सिंहलाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसनधान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!