१ लाख ९३ हजार नक्कली नेपाली रुपैया सहित एकजना पक्राउ

वीरगञ्ज,२६ माघ । पर्सा प्रहरीले १ लाख ९३ हजार नक्कली नेपाली रुपैया सहित वीरगञ्ज बाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी रक्शौल बस्ने वर्ष २२ को अमनदिप कुमार सिंह रहेका छन ।

विषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालीका वडा नम्बर १३ राधेमाई स्थित बाट बिआर ०५ ए एम ६०९७ नम्बरको मोटरसाईकलमा सवार सिंहको शरिर खानतलासी गर्दा १ लाख ९३ हजार नक्कली नेपाली रुपैया बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

बरामद नक्कली रुपैयामा १ हजार दरका १ सय ९३ वटा रहेको प्रहरीले जनाएको छ । नक्कली रुपैया सहित पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसनधान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

error: Content is protected !!