जनता समाजवादी पार्टीको वीरगञ्जमा विरोधसभा, प्रधानमन्त्रीको पुत्ला जलाइयो

वीरगञ्ज । जनता समाजवादी पार्टी पर्साले वीरगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन विरुद्ध जसपाले तेस्रो चरणको आन्दोलनअन्तर्गत प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।

जसपाको केन्द्रीय निर्देशन अनुसार तेस्रो चरणको कार्यक्रम अनुसार आईतबार पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा पुत्ला दहन गरिएको जसपा पर्सा जिल्ला कार्यसमितिले जनाएको छ ।

वीरगञ्जको मुख्य चोक घण्टाघरमा आयोजित कार्यक्रम पुत्ला दहन गर्न क्रममा सुरक्षाकर्मीसँग केही समय झडपसमेत भएको थियो । प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

पुत्ला दहन कार्यक्रम पश्चात वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज गर्नुपर्ने माग राखेका थिए ।

जसपा पर्साका नेता रामनरेश यादवको नेतृत्वमा आयोजित विरोधसभामा, प्रदेशसभा सदस्य करिमा वेगम, भीमा यादव, रम्भा मिश्रा, राजेशमान सिंह, मुन्नी साह, जगदिश पटेल, नेजामोदिन समानी, पकहामैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया, पोखरिया नगरपालिकाका उपमेयर सलमा खातुन, नेता तवरेज अहमद, ओमप्रकाश सराफलगायतका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

error: Content is protected !!