नेपाली काङ्ग्रेस पर्साको आमसभा बगहीमा सम्पन्न

वीरगञ्ज । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् युवा नेता गगन थापाले प्रधानमन्त्री ओलीलाई सँधै जनैको मालाले घोचेको टिप्पणी गर्नुभएको छ ।

सीता प्रदेशका नागरिकलाई नागरिक्ता दिन तयार नभएका प्रधानमन्त्री ओली भगवान रामलाई नागरिक्ता दिन तयार भएको बताउनुभयो ।

नेपाली काङ्ग्रेसको इनर्वा बगही कमिटिले वीरगन्ज महानगरपालिका वडा न. २८ बगहीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता थापाले काठमाण्डौको पोलपालेमा प्रधानमन्त्री ओलीको फोटो टाँसीएको दृश्य हेर्दा प्रधानमन्त्री हो की पोलमन्त्री भन्ने द्विविधा उत्पन्न भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले रेल, पानीजहाँजको कुरा गरेपनि रेल तथा पानीजहाँजमा चढ्ने मान्छेहरुको बारेमा कहिलै नसोचेको थापाको धारणा छ । लामो संघर्षपछि बनाइएको जगलाई भत्काएर घर बनाउने परिकल्पना नगर्न पनि उहाँले प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो । देशमा प्रधानमन्त्री भएका व्यक्तिहरुको लामो सुचीमा मधेशी, दलित, थारु, मुस्लिम समुदायबाट नाम किन नआएको भन्दै उहाँले प्रश्न गर्नुभयो ।

‘संविधानले प्रश्न गर्न प्रेरित गर्छ, त्यसैले प्रश्न गरेर परिवर्तन गर्न सकिन्छ ’ थापाले भन्नुभयो,  ७ प्रदेशमा विभाजन गर्दैमा राज्यको स्वरुप फेरिदैन । सोच, चिन्तन र चरित्रले देशको स्वरुप फेरिन्छ , उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले शक्तिको दुरुपयोग गर्ने आफ्नो आशंका अहिले आएर साकार रुप लिएकोमा उहाँले दुख व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चित्रलेखा यादब, केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री फरमुल्ला मन्सुर, अजय चौरसिया, पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दिवेदी, संविधान सभा सदस्य अनिल रुंगटा, पुर्व सभासद राजेन्द्र बहादुर अमात्य,रामेश्वर रौनियार, प्रदेश सभा सदस्य राजेश्वर साह तेली, ओमप्रकाश शर्मा लगायतले सम्बोधन गरेका थिए ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!