वीरगञ्जमा ३ महिलासहित १०१ जनाद्वारा रक्तदान

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हेल्पिंग युथ क्लब अफ वीरगञ्जको आयोजनामा शनिबार भएको कार्यक्रममा ३ जना महिलासहित १ सय १ जनाले रक्तदान गरेका छन् ।

क्लबका अध्यक्ष आबिद हुसैनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी मनोज राउत कुर्मी, वडा नम्बर ३ की दलित महिला सदस्य संगिता दास, लक्ष्मी चौरसिया, मन्सुर हवारी, अब्दुल्ला मन्सुरी, सौभित अन्सारी, सहाबुदिन हवारी, सुनिल कुमार रौनियार, विजय सर्राफ, शंकर प्रसाद सोनार लगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक सुजित पटेलले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक राजेशराज पुरीले युवा क्लबले यसरी सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गर्न सह्रनिय कदम भएको बताए ।

युवाहरुको एकरुपतामा सामाजिक क्रियाकलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका थिए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बैजुलाल स्वर्णकार, जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सदस्य राजेशमान सिँह, एमईएस स्कुलका सञ्चालक एममामुदिन अहमद, समिर हवारी, सयस अली लगायतको उपस्थिती रहेको थियो ।

 

error: Content is protected !!