९ किलो चरेश सहित देवान पक्राउ, मेशिन र केमिकल पनि बरामद

वीरगंज,२५ माघ । वीरगंज बाट ९ किलो चरेश र चरेश बनाउन प्रयोग गरिने मेशिन सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुर बस्ने वर्ष ६० का महमद मुस्लिम देवान रहेका छन ।

घर बाटै लागुऔषध चरेशको कारोबार गरिरहेको विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले देवानको घरमा छापमारी गर्दा घरको कोठा भित्र रहेको खाट मुनी लुकाई छिपाई राखिएको ५ सय ग्रामको १२ पोका र २ सर ५० ग्रामको १२ पोका गरी ९ किलो २० ग्राम चरेश र चरेश बनाउने लासा ९ सय २० ग्राम तथा चरेश पेल्ने मेसिन ३ थान बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

लागुऔषध चरेश सहित पक्राउ परेका देवान लाई नियन्त्रणमा राखेर थप आवश्यक अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ।

error: Content is protected !!