भन्सार छली अवैध रूपमा भण्डारण गरिएको ५८ क्वीन्टल प्लाष्टिकका सामानहरु बरामद

वीरगंज,२३ माघ । अवैध रूपमा भण्डारण गरिएको ५८ क्वीन्टल ९० किलो प्लास्टिकका सामानहरु प्रहरीले वीरगंज बाट बरामद गरेको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १० रानिघाट स्थीत एक टिनको छाप्रोमा भन्सार छली चोरी पैठारी गरि अवैध रुपमा भण्डारण गरिएको प्लास्टिकका सामानहरु प्रहरीले बरामद गरेको हो ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भंसार छली चोरी पैठारी गरी प्लाष्टिकका बिभिन्न किसिमका सर-सामानहरु अनाधिकृत रुपमा भण्डारण गरेको अवस्थामा बरामद गरेको हो ।

बरामद गरिएको समानहरुको बजार मुल्य ५ लाख ८९ हजार रहेको पर्सा प्रहरीले जनाएको छ ।

बरामद गरिएको प्लाष्टिकबाट बनेको सर-सामानहरु आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!