चोरीको मोटरसाईकल सहित एकजना पक्राउ

वीरगंज,२३ माघ । पर्सा प्रहरीले चोरीको मोटरसाईकल सहित वीरगंज बाट एकजना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर २८ का सोनालाल महरा रहेका छन ।

मोटरसाईकलको नम्बर प्लेट हटाएर आफनै घरमा लुकाई छिपाई राखिएको अवस्थामा चोरीको मोटरसाईकल सहित महरालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

बीरगंज नगर भित्र मोटरसाईकल चोरीका घटना बढन थालेपछि यसलाई न्यूनीकरण गर्ने क्रममा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले महराको घरबाटै नम्बर प्लेट नभएको चेसिस नं. एम०२ए९२सिवाई७एचसिके००३१ र ईन्जिन नं.जेईवाईसिएचके००३७ को एन एस-१६० सिसी को रातो कालो रंगको मोटरसाईकल बरामद भएपछि महरालाई नियन्त्रणमा लिईएको पर्सा प्रहरीले जनाएको छ ।

बरामद गरिएको मोटरसाईकल सम्बन्धित मोटरसाईकल धनीको पहिचान गरी बुझाउने पहल भइरहेको साथै निज सोनालाल महरालाई चोरी सम्बन्धि कसुर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

error: Content is protected !!