पार्टी छोडने शिर्षक बनाएर आएको समाचार भ्रामक, झुठो र निराधार : सांसद यादव

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले आफू जनता समाजवादी पार्टी परित्याग गरेर अन्य पार्टीमा प्रवेश गर्न लागेको समाचारहरु झुठो र निराधार भएको प्रष्ट पारेका छन् ।

सांसद् यादवले बिहिबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले जसपा त्यागेर अन्य पार्टीमा प्रवेश गर्न लागेको समाचारहरु भ्रमपूर्वक र आफूलाई बद्नाम गराउने उद्देश्यले झुठो प्रचारबाजी मात्र भएको बताएका छन् ।

उनले जसपाका विभिन्न नेता र आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले भ्रमपूर्ण, निराधार, अनर्गल, कपोकल्पित समाचारहरु लेख्न लगाइएको बताउँदै यस्तो समाचारहरु पछाडी नलाग्न सम्पूर्ण नेता, कार्यकर्ता, शुभेक्छुकहरुसँग आग्रह समेत गरेका छन् ।

‘केहि दिन देखी केहि अनलाइनहरूमा मेरो बारेमा र हाम्रो गौरवशाली पार्टी जनता समाजवादी पार्टीका नेताहरुको चरित्रहत्या गर्ने उद्देश्यले पार्टी छोडने शिर्षक बनाएर भ्रामक, झुठो, प्रचारबाजी गरिने उदेशयले लेखिएको समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ सांसद् यादवले फेसबुकमा लेखेका छन्, ‘यो समाचार भ्रमपूर्ण, निराधार, अनर्गल, कपोकल्पित छन् र साथै यसमा कुनैपनि प्रकारको सत्यता छैन । म सम्पूर्ण नेता, कार्यकर्ता, शुभेक्छुकहरु समक्ष यस्तो समाचारहरु पछाडी नलाग्न विनम्र अनरोध गर्दछु ।’

मधेस आन्दोलनका मुद्दा र यसले प्राप्त गरेको उपलब्धिहरुलाई कमजोर बनाउँने षडयन्त्रका रुपमा आफू विरुद्ध यस्तो प्रचारबाजी गरिएको उनको भनाई छ । उनले यस्ता समाचार प्रकाशन गर्ने अनलाईन एवम् पित पत्रकारिता गर्नैहरूले आफ्नो व्यवहारमा सुधार नल्याए कानुन कारवाहीसमेत अगाडी बढाउँने चेतावनी दिएका छन् ।

जसपाको केन्द्रीय सदस्यसमेत रहेका यादवले यस्ता समाचार लेखनेहरूसँग सबैलाई सजग र सतर्क रहन आग्रह गरेका छन् ।

यादव पर्सामा जसपाको सबैभन्दा प्रभावशाली नेताका रुपमा चिनिन्छन । वितेको स्थानीय र सङ्घ तथा प्रदेशको निर्वाचनमा उनले खेलेको भूमिकाका कारण पार्टीले पर्सा जिल्लामा पकड बनाउँन सकेको राजनीतिक विश्लेषकहरुले बताउँने गरेका छन् ।

उनलाई बद्नाम गराउन विगत केहि दिनदेखि केही अनलाईन पोर्टलहरुले उनी जसपा त्यागेर अन्य पार्टीमा प्रवेश गर्न लागेको समाचारहरु प्रकाशन गर्दै आएका थिए ।

 

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!