नरसिंह दास वृजलाल गोयल वेलफेयर सोसाईटीद्वारा पोखरिया अस्पताललाई अस्थालिन औषधि सहयोग

वीरगञ्ज । नरसिंह दास वृजलाल गोयल वेलफेयर सोसाईटीले पर्साको पोखरिया अस्पताललाई ५० थान अस्थालिन रेस्पेरेटरी सलुसन हस्तान्तरण गरेको छ ।

सोसाईटीले सोही अवसरमा अस्पतालका लागि १ लाख ५१ हजारको समाजिक सेवा कोष समेतको घोषणा गरेको छ ।

नरसिंह दास वृजलाल गोयल वेलफेयर सोसाईटीका अध्यक्ष शिव गोयलको सभापतित्वमा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेजामुदिन समानी, युवा नेता ओमप्रकाश सर्राफ, अस्पतालका डा. सुरेश प्रसाद यादव, इन्चार्ज लक्ष्मी प्रसाद चौहान, संस्थाका कोषाध्यक्ष रविन्द्र गोयल, दीपेन्द्र गोयल, विकाश गोयललगायतको सहभागिता रहेको थियो ।

error: Content is protected !!